पर्सा प्रहरीकाे सफलता : एक महिनामा ६ कराेड ६८ लाख बराबरकाे भन्सार छलीकाे सामान पक्राउ

5.07K
shares

वीरगंज । पर्सा प्रहरीले एक महिनामा भन्सार छलीकाे ६ कराेड १३ लाख ६८ हजार ४४ रुपैया बराबरकाे विभिन्न किसिमकाे लत्ताकपडा खुद्रा, किराना, औषधी तथा ईलेक्ट्रोनिक्स सामानहरू पक्राउ गरी सम्बन्धित कार्यालयहरूमा बुझाइएको छ ।

विशेष सूचनाकाे आधारमा जिल्ला प्रहरी कार्यालय तथा मातहत समेतका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बैशाख महिना भरिमा विभिन्न स्थानहरूबाट बरामद गरेकाे मालबस्तुहरू सम्बन्धित कार्यालयमा बुझाईएकाे पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले जानकारी दिए ।

यसैगरी प्रहरीले बैशाख महिनामा फैसला कार्यन्वयन तर्फ १५१ जनालाई पक्राउ गरेकाे प्रवक्ता थापाले वताए । उनका अनुसार ५ वर्ष २९ दिन कैद रहेकाे र रु. १५ लाख ८ हजार ७ सय ४२ जरिवाना समेत उनीहरुबाट असुल गरिएकाे छ ।

यसैगरी बैशाख महिनामा प्रहरीले चालु मुद्दाका फरार प्रतिवादी ११ जना पक्राउ गरेकाे छ । एक लाख तेइस हजार नन्कली नाेट बरामद गरेकाे छ । ३५ लाख २० हजारसहित हुण्डी कारोवारी सलंग्न ३ जनालाई पक्राउ गरेकाे छ ।

यसैगरी पर्सा प्रहरीले ४२ वटा चोरी भएको मोबाईल फेला पारी सम्बन्धित धनीलाई बुझाइएको प्रवक्ता थापाले जानकारी दिए ।

यसै महिनामा प्रहरीले हतियार र लागु औषध सहित अपराधिक प्रवृतीका बब्लु पासवान समेत पक्राउ गर्न सफल भएकाे छ । विशेष सुचनाकाे आधारमा प्रहरीले राति ११ बजेकाे समयकाे उनकाे खुट्टाको घुँडामुनि गोली लागी हानी पक्राउ गर्न सफल भएकाे हाे ।

प्रहरीले लागु औषध तर्फ गाँजा १५ के.जी., खैरो हिरोईन ५७.४५ ग्राम, कोरेक्स ६७ बोत्तल, नाइट्राभेट ७९९ पिस, फेनारगन ३० एम्पुल, डाइजेल्याब ३३ एम्पुल र नुरफिन ३३ एम्पुल बरामद गरेकाे छ ।

पर्सामा एसपी कुमाेद ढुंगेल आएदेखि नै शान्ति सुरक्षा कायम हुनुकाे साथ साथै अवैध काराेबारमा कमि आएकाे छ । एसपी ढुंगेलले आफै फिल्डमा गस्तीमा निस्कनुकाे साथ साथै चेकजाँचमा समेत खटने गरेका छन् । एसपी ढुंगेलले कहिले काँही दिउसाे र रातीमा समेत एकलै सिबिल ड्रेसमा समेत गस्तीमा निस्कने गरेका कारण अवैध काराेबार गराउने प्रहरी सजग भएका छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083