जिल्ला प्रहरी कार्यालय ललितपुरद्वारा बैशाख महिनाको उत्कृष्ट प्रहरी घोषणा
वि.सं.२०८१ जेठ १ मंगलवार १५:२०
shares

ललितपुर । जिल्ला प्रहरी कार्यलय ललितपुरले बैशाख महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेकाे छ ।
कार्यलय प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक शेखर खनालले काठमाण्डौं उपत्यका विषेश सुरक्षा गण त्रिपुरेश्वर काठमाण्डौं दरबन्दी भई प्रहरी प्रभाग मंगलबजारमा कार्यरत प्रहरी हवल्दार नानु माया लामा (थिङ्ग) लाई नगद पुरस्कार तथा प्रशंसा-पत्र प्रदान गर्नु भएकाे थियाे ।

नेपाल प्रहरी संगठनले दिएको जिम्मेवारी पूर्णरुपमा लगनशील, कर्तव्यनिष्ठ एंव अपराध अनुसन्धान र प्रहरी कारबाहीमा प्रभावकारी भूमिका निर्वाह गर्नुका साथै सर्वसाधारण नागरिकलाई सुरक्षाको अनुभूति गराउने कार्य गरी आम नागरिकका माझ प्रहरी संगठनको गरिमा राख्न सफल भएकाे हाे ।
उक्त योगदानको उच्च कदर गर्दै नगद पुरस्कार तथा प्रशंसा-पत्र सहित प्रहरी हवल्दार नानु माया लामा (थिङ्ग) लाई २०८० साल बैशाख महिनाको “ Police of The Month”को घोषित गरि पुरस्कृत गरिएकाे हाे ।






























