टामाडोल र टेपेन्टाडोल लागु औषधको सूचीमा, दुरुपयोग गर्ने औषधी पसलहरुमा प्रहरीकाे छापा
वि.सं.२०८१ जेठ १ मंगलवार १२:३१
shares

गृहमन्त्री रवि लामिछानेको विशेष पहलमा कानुन संसोधन भई अहिले उक्त औषधी प्रहरीले कारवाही गर्ने क्षेत्राधिकार भित्रमा परेको लागु औषध नियन्त्रण ब्यूरोका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक गोबिन्द थपलियाले सुनौलो नेपाललाई जानकारी दिए ।
उनले भने, “कानुन नभएका कारण औषधी व्यवसायीहरुको बिरोधका कारण हाम्रो अभियान सफल हुन सकेको थिएन, अहिले गृहमन्त्रीको पहलमा कानुन संसोधन भई प्रहरीले कारवाही गर्ने क्षेत्राधिकार भित्रमा परेको छ, यसले लागुऔषध र्दुव्यसनबाट युवायुवतीहरुलाई बचाउन ठूलो सहयोग (मद्धत) पुगेको छ ।”
लागु औषध नियन्त्रण ब्यूरोका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक थपलियाको प्रयासमा औषधी पसलहरुमा स्ट्रीङ अप्रेसन चलाएपछि ब्यापक रुपमा बजारमा यस्ता औषधीहरु दुरुपयोग भई युवाहरु लागु औषध र्दुव्यसनमा फसेको तथ्य फेला परेको ब्यूरोको तत्थ्यांकमा उल्लेख छ अहिले कानुन संसोधन भएपछि अब नेपाल प्रहरीले यस्ता औषधीहरुको दुरुपयोग गर्ने औषधी पसलहरुमा छापा मारी कानून बमोजिम मुद्दा दर्ता गरी अनुसन्धान गर्न सक्ने प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक थपलियाले बताउनुभयो ।































