नि:शुल्क स्वास्थ्य सिविर कार्यक्रम सम्पन्न

2.78K
shares

राेल्पा । रोल्पा जिल्ला रोल्पा नगरपालिका वडा नं.४ लिबाङ स्थित जिल्ला प्रहरी कार्यालय रोल्पाको प्राङगणमा नि:शुल्क स्वास्थ्य सिविर कार्यक्रम सम्पन्न भएको छ ।

लुम्बिनी प्रदेश श्रीमती संघको आयोजनामा जिल्ला प्रहरी कार्यालय रोल्पाको समन्वयमा उक्त कार्यक्रम भएको हाे ।

नेपाल प्रहरी श्रीमती संघको अध्यक्ष लक्ष्मी कुँवर, नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशको अध्यक्ष निलम कडायत, लुम्बिनी प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक कुवेर कडायत, प्रमुख जिल्ला अधिकारी खिम बहादुर रायमाझीकाे उपस्थिति रहेकाे थियाे ।

त्यसै गरि नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक श्याम बहादुर खत्री, जिल्ला प्रहरी कार्यालय रोल्पाका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक भरत लामा, विभिन्न सुरक्षा निकायका प्रमुखहरु, रोल्पा अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मी लगायतको समेत उपस्थित रहेको थियाे ।

उक्त शिविरमा जि.प्र.का. रोल्पा तथा मातहत समेतमा कार्यरत प्रहरी कर्मचारीहरु र आश्रित परिवार, भूतपूर्व प्रहरी आश्रित परिवार, अमर प्रहरीका परिवारजन तथा सर्वसाधारण समेतको स्वास्थ्य परिक्षण गरी औषधी समेत वितरण गरिएको थियाे ।


Mitsubishi Long Ad