एसपी किसन कर्माचार्य पर्साबाट तानिए
वि.सं.२०८१ जेठ ७ सोमवार २३:१८
4.24K
shares
shares

?????????????????????????????????????????????????????????
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका एक जना एसपी तानिएका छन्। पर्साबाट एसपी किसन कर्माचार्यलाई एक साता अगाडि तानिएको हो।
उनलाई तानेर काठमाडौंस्थित प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) मा राखिएको स्रोतले जनाएको छ।
श्रोतका अनुसार कमजोर कार्यसम्पादन र अवैध सामान ओसारपसारमा संलग्न तस्करसँग सम्बन्ध जोडिएको भन्दै उनलाई तानिएको बताइन्छ।
अहिले पर्सामा उनको सट्टा राधेश्याम धिमाललाई पठाइएको सशस्त्रका प्रवक्ता एवं डीआइजी कुमार न्यौपानेले बताए।


















