डिआईजी लालमणि आचार्यको प्रमुख आतिथ्यतामा दर्ज्यानी चिन्ह सु-शोभन कार्यक्रम सम्पन्न
वि.सं.२०८१ जेठ ७ सोमवार २२:४१
6.06K
shares
shares

सुर्खेत । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायव महानिरीक्षक लालमणि आचार्यको प्रमुख आतिथ्यतामा दर्ज्यानी चिन्ह सु-शोभन कार्यक्रम सम्पन्न भएको छ ।

प्राविधिक प्रहरी समूह, स्वास्थ्य उपसमूह प्यारामेडिक्सतर्फको प्राविधिक प्रहरी वरिष्ठ हवल्दार पदबाट प्राविधिक प्रहरी सहायक निरीक्षक पदमा बढुवा भई पदस्थापन भएका प्राविधिक प्रहरी सहायक निरीक्षक कैलाश सुवेदीलाई प्रहरी नायव महानिरीक्षक लालमणि आचार्यद्वारा दर्ज्यानी चिन्ह सुशोभन तथा निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न भएको थियो ।
















