सेवाबाट निवृत्त भए डिआईजी सुरेन्द्र प्रसाद मैनाली

7.67K
shares

चितवन ।  सेवा अवधि पूरा गरी सेवा निवृत्त हुनु भएका  प्रहरी नायब महानिरीक्षक सुरेन्द्र प्रसाद मैनालीलाई आज नेपाल प्रहरी शिक्षालय भरतपुरले बिदाइ गरेको छ।

नेपाल प्रहरी शिक्षालय चितवन भरतपुरका निर्देशक प्रहरी नायव महानिरीक्षक  सुरेन्द्र प्रसाद मैनाली २०८१।०२।१० गतेबाट उमेर हदका कारण सेवाबाट अनिवार्य अवकास हुनु हुने भएकोले आज नेपाल प्रहरी शिक्षालयमा औपचारिक कार्यक्रम आयोजना गरी बिदाई सम्पन्न गरेकाे हाे ।

बिदाई कार्यक्रममा शिक्षालयका प्रहरी नायब उपरीक्षक अन्जना श्रेष्ठले बिदाई भई जानु हुने प्रहरी नायव महानिरीक्षकलाई शिक्षालयको तर्फबाट मायाको चिनो प्रदान गरी शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

शुभकामना मन्तव्य राख्ने क्रममा समाजमा अपराध नियन्त्रण गर्ने, अपराधको प्रभावकारी अनुसन्धान गरी शान्ति सु-व्यवस्था कायम गर्ने महत्वपूर्ण जिम्मेवारी बोकेको यस पवित्र संगठनमा सेवा गर्न पाउनु नै एउटा नागरिकको लागि गर्वको कुरा हो, त्यसमा पनि करिव २८ बर्ष ०६ महिना १३ दिन अविछिन्न सेवा गरी नेपाल प्रहरीका बिभिन्न प्रहरी इकाईहरुमा कुशलतापूर्वक जिम्मेवारी निर्वाह गरी प्रहरी जीवनबाट स-सम्मान अवकास हुन लाग्नु भएकोमा प्रहरी नायव महानिरीक्षक सुरेन्द्र प्रसाद मैनालीलाई हार्दिक बधाई दिंदै उहाँको भावि जीवनको उत्तरोत्तर प्रगतीको लागि शुभकामना व्यक्त गर्नु भयो । यसै गरी उहाँलाई पेशागत जिवनमा सफल बनाउन सदैव साथ दिई हौसला प्रदान गरिरहनु हुने उहाँकी धर्मपत्नी कल्पना जि.सी. मैनालीलाई समेत हार्दिक धन्यवाद तथा शुभकामना दिनु भयो ।

बिदाई मन्तव्य राख्ने क्रममा अवकास हुनुहुने प्रहरी नायव महानिरीक्षक सुरेन्द्र प्रसाद मैनालीले आफुले नेपाल प्रहरीको सदस्य भई करिव २८ बर्ष ०६ महिना १३ दिन सम्म निरन्तर राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा सेवा गर्ने अवसर पाएकोमा ज्यादै गौरवान्भित भएको महशुस गरेको र जीवन सफल भएको ठानेको कुरा व्यक्त गर्दै आफ्ना मातापिता, परिवारजन, नेपाल सरकार, तालुक कार्यालयहरु, नेपाली नागरिक, नेपाल प्रहरी संगठन, प्रत्यक्ष परोक्ष साथ सहयोग गर्नुहुने सबै महानुभावहरुको स्मरण गर्दै सबै प्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्नु भयो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय चितवनका प्र.ना.उ. श्रीराम भण्डारी, नेपाल प्रहरी श्रीमती संघकी सदस्य कल्पना जि.सी. मैनाली, साथै शिक्षालयका प्रहरी नायव उपरीक्षकहरू, प्रहरी निरीक्षकहरू, जुनियर  प्रहरी अधिकृत तथा अन्य दर्जाका प्रहरी कर्मचारीहरु लगायत बिभिन्न उन्नत तालिमका सम्पुर्ण प्रशिक्षार्थीहरूको समेत उपस्थिति रहेको थियो ।