प्रहरी उपरीक्षक नवराज अधिकारीको बिशेष आतिथ्यतामा जनचेतनामुलक पाठ्य सामाग्री २०८१ हस्तान्तरण एवं सम्झौता कार्यक्रम सम्पन्न

4.75K
shares

काठमाडौ । दक्षिणकाली नगरपालिकाका उप-प्रमुख बसन्ती डंगोलको अध्यक्षतामा, काठमाडौं जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक नवराज अधिकारीको बिशेष आतिथ्यतामा जनचेतनामुलक पाठ्य सामाग्री २०८१ हस्तान्तरण एवं सम्झौता कार्यक्रम सम्पन्न भएको छ ।

विद्यालय स्तरका बाल-बालिकालाई लागू औषध दुर्व्यसनी, साईवर अपराध, विद्यालय स्तरमा हुने यौन हिंसा तथा यौन जन्य अपराध, सवारी दुर्घटना, चोरी लगायत बिभिन्न समाजिक विकृति विसंगतिबाट वचाउन एवं विद्यालयमा शिक्षक वर्ग मार्फत विद्यार्थी एवं अभिभावकहरुलाई सचेतना अभिवृद्दी गरि अपराध न्यूनिकरण एवं नियन्त्रण गर्ने प्रमुख लक्ष्यका साथ उक्त कार्यक्रम सम्पन्न भएको हाे ।

जिल्ला प्रहरी परिसर, काठमाडौंबाट जनचेतनामूलक पाठ्यसामाग्री तयार गरी दक्षिणकाली नगरपालिका र जिल्ला प्रहरी परिसर काठमाडौंको साझेदारीमा दक्षिणकाली नगरपालिका भित्रका सम्पूर्ण सार्वजानिक नीजि तथा संस्थागत विद्यालय प्रधानाध्यपकहरुसंग अनिवार्य पठन पाठन हुने गरी जनचेतनामूलक पाठ्यसामाग्री हस्तान्तरण तथा सम्झौता कार्यक्रम गरिएको हाे ।

उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापकहरु , स्थानिय जनप्रतिनिधीहरु लगाएतकाे उपस्थिति रहेको थियाे ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083