डिआईजी खापुङद्वारा जिल्ला प्रहरी कार्यालय सुनसरी र प्रहरी अस्पताल ईनरुवाको निरीक्षण

Nepal Life Insurance Long Ad

सुनसरी । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङले आज जिल्ला प्रहरी कार्यालय सुनसरी र कोशी प्रदेश प्रहरी अस्पताल ईनरुवाको निरीक्षण भ्रमण गर्नु भएको छ ।

निरीक्षण भ्रमणको क्रममा उहाँले कार्यालय तथा सम्पुर्ण शाखाहरुको निरीक्षण गर्नु भई जिल्ला प्रहरी कार्यालय तथा मातहत कार्यालयहरु समेतबाट उपस्थित प्रहरी  अधिकृत तथा जवानहरुलाई आवश्यक निर्देशन दिनु भएको हाे ।

।

निर्देशनको क्रममा उहाँले दैनिक काम कारवाहीलाई चुस्त, दुरुस्त बनाई आ-आफनो जिम्मेवार एरिया ईलाकाहरुमा अपराध नियन्त्रण गरी शान्ति सुरक्षा कायम राख्न र खुल्ला सिमानाको कारण हुने बिभिन्न अपराधिक गतिविधि, लागुऔषधको प्रयोग र ओसार पसार, चोरी तस्करीका घटनाहरुलाई नियन्त्रण गर्न सिमा क्षेत्रहरुमा कडाईका साथ चेक जाँचको ब्यवस्था मिलाउनका साथै सवारी दुर्घटना न्युनिकरण, सवारी नियम उलंघन गर्ने सवारी साधनलाई कारवाही र सवारी साधनको प्रयोग गरी हुन सक्ने अपराधिक गतिविधिलाई नियन्त्रण गर्न कडाईका साथ चेकजाँचको ब्यवस्था मिलाउन निर्देशन दिनु भयो ।

प्रदेश प्रहरी अस्पतालको निरीक्षण भ्रमणको क्रममा उहाँले अस्पतालमा आउने आम सेवाग्राहीहरुसँग समान व्यवहार गर्न तथा सदैव प्रहरी संगठन र कार्यालयको गरिमा बढाउने कार्य गर्नका साथै उपलब्ध श्रोत र साधनलाई उच्चतम प्रयोग गर्दै उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्न अस्पतालमा कार्यरत प्राबिधिक प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु भएकाे थियोे ।

 

१३ जेठ २०८१, आइतवार १७:१० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु