११ दिनसम्म उभिएका नेत्र र सरकारबीच पाँचबुँदे सहमतिमा

3.41K
shares

काठमाडौं । विभिन्न माग राख्दै एक्लै उभिएर विरोध प्रदर्शन गर्दै आएका नेपाल समाजवादी विद्यार्थी युनियन केन्द्रीय समितिका अध्यक्ष नेत्र चापागाईं र सरकारबीच सहमति भएको छ। उनी माइतीघर मण्डला सडक पेटीमा जेठ २ गतेदेखि एक्लै उभिएर शान्तिपूर्ण विरोध गरेका थिए।

उनी त्यसरी विरोध प्रदर्शन गरेको ११ दिनपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ती माग पूरा गर्ने प्रतिबद्धता जनाएको हो। शिक्षामन्त्री सुमना श्रेष्ठ प्रदर्शनस्थलमै  पुगेर चापागाईंलाई भेटेकी थिइन्।

त्यस्तै केही समयअघि शिक्षा मन्त्रालयमा पनि चापागाईंले उभिएरै वार्ता गरेका थिए। इसिडी शिक्षक शिक्षिकाको योग्यता, सुविधा अन्तर्राष्ट्रिय मापदण्डअनुसार युगानुकूल बनाउनुपर्ने,दिवा खाजा प्रतिविद्यार्थी ५० रुपैयाँ पुर्‍याउनुपर्ने लगायत माग राखेर उनी एक्लै उभिएका हुन्।

नेपाल समाजवादी विद्यार्थी युनियन केन्द्रीय समितिले हिजो (आइतबार) मन्त्रालयसँग विभिन्न पाँचबुँदे सहमति भएको जनाएको छ।


divya collage
unigloble collage