एआईजी दिपक थापाको प्रमुख आतिथ्यतामा ‘बिदाई तथा फेरि भेटौला कार्यक्रम’ सम्पन्न

3.76K
shares

काठमाण्डौ । काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा बिदाई तथा फेरि भेटौला कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको पत्रले अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रहरी महाशाखा, टंगाल सरुवा भई नयाँ कार्यक्षेत्रतर्फ प्रस्थान गर्न लाग्नु भएका प्रहरी वरिष्‍ठ उपरीक्षक अरुण पौडेलको बिदाई तथा फेरि भेटौँला कार्यक्रम सम्पन्न भएको हो ।

May be an image of 4 people and text
बिदाई तथा फेरी भेटौँला कार्यक्रमलाई सम्बोधन गर्नु हुदै प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले विदाई भएर जान लाग्नु भएका प्रहरी वरिष्‍ठ उपरीक्षक अरुण पौडेलले कार्यालयमा कार्यरत रहँदा आफूलाई प्रदान गरिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नु भएकोमा धन्यवाद व्यक्त गर्दै नयाँ कार्यक्षेत्रको लागि उहाँलाई हार्दिक शुभकामना प्रदान गर्नु भयो ।

उक्त कार्यक्रममा प्रहरी बरिष्ठ उपरीक्षकहरु, प्रहरी उपरीक्षक लगायत प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति रहेको थियो ।

May be an image of 10 people

May be an image of ‎4 people, dais and ‎text that says '‎ス प्रहरी वरिष्ठ उपरीक्षक अरुण पौडेलज्यूको बिदाई तथा फेरी भेटौला कार्यक्रम રममर واعه प्रमुख अतिथि श्रद्देय श्रीमान् प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाज्यू स्মान:- हा.र का.उ.प्र.का.ता -का.उ.प्र.का.रनीपोखरी रानीपाखरी मिती:-२०८१जेम२० နပါ်သ်‎'‎‎