प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा ‘दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम’ सम्पन्न
काठमाडौ । काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखा नक्सालको निर्णयानुसार जनपद तर्फ प्रहरी नायव निरीक्षक पदबाट प्रहरी वरिष्ठ नायव निरीक्षक पदमा बढुवा भएका प्रहरी वरिष्ठ नायव निरीक्षक नेत्र बहादुर घ.म., जनपद तर्फ प्रहरी सहायक निरीक्षक पदबाट प्रहरी नायव निरीक्षक पदमा बढुवा भएका प्रहरी नायव निरीक्षक खेटराज थापा र प्रहरी नायव निरीक्षक दल बहादुर श्रेष्ठलाई प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले काठमाण्डौ उपत्यका प्रहरी कार्यालयमा आइतबार आयोजित एक समारोहबीच दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो ।
दर्ज्यानी चिन्ह सुशोभन पश्चात पदोन्नति हुनु भएका प्रहरी कर्मचारीहरुलाई बधाई तथा शुभकामना दिनु हुदै प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले सरुवा वढुबा प्रहरी सेवामा प्रवेशदेखी अवकाससम्म प्रहरी कर्मचारीको नियमित प्रकृया भएकाले प्रहरी ऐन तथा नियमावलीमा तोकिए बमोजिम आफ्नो पदिय दायित्व निर्वाह गर्न निर्देशन दिनुभयो ।
सुशोभन कार्यक्रममा प्रहरी बरिष्ठ उपरीक्षकहरू, सिनियर प्रहरी अधिकृतहरू, जुनियर प्रहरी अधिकृतहरु तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
२० जेठ २०८१, आइतवार १८:२२ बजे प्रकाशित