कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट बिदा भए डीआईजी लालमणि आचार्य

Nepal Life Insurance Long Ad

सुर्खेत । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी नायव महानिरीक्षक लालमणि आचार्य बिदाई भएका छन् । कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी लालमणि आचार्यको बिदाई तथा फेरी भेटौंला कार्यक्रम आज सम्पन्न भएको हो ।

गृह मन्त्रालय, मन्त्रीस्तरको २०८० पौष २४ गतेको सरुवा निर्णायानुसार २०८० माघ १ गते कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेतको प्रमुखको रुपमा जिम्मेवारी एवं कार्यभार सम्हाल्नु भई करिव ५ महिना अविच्छिन्न रुपमा कर्णाली प्रदेश प्रहरीको कुशल र सफल नेतृत्व प्रदान गर्दै मन्त्रीस्तरको निर्णायानुसार नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखा, नक्साल काठमाण्डौको पत्रले नेपाल प्रहरी शिक्षालय भरतपुर, चितवन काज सरुवा भई जानु लाग्नु भएका प्रहरी नायव महानिरीक्षक लालमणि आचार्यलाई नेपाल प्रहरी प्रदेश कार्यालय कर्णाली प्रदेश सुर्खेत ९हाल नेपालगंज० का प्रहरी वरिष्ठ उपरीक्षक सन्जिव शर्मा दास र कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक बीर बहादुर ओलीले मायाको चिनो प्रदान गरी विदाई गर्नु भयो ।

May be an image of 1 person

कार्यक्रमका प्रमुख अतिथि बिदाई भई जान लाग्नु भएका प्रहरी नायब महानिरीक्षक लालमणि आचार्यले उपस्थित सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई आफ्नो करिव ५ महिनाको कर्णाली प्रदेश प्रहरी कार्यालयको बसाई र नेतृत्व पुर्ण रूपमा आफ्नो भरपुर ज्ञान, विवेक र कौशलको सदुपयोग गर्दै समग्र कर्णाली प्रदेशको शान्ति सुरक्षा तथा अपराध अनुसन्धानलाई प्रभावकारी रूपमा अगाडी बढाउन समन्वय, सहकार्य र सहअस्तित्वको माध्यमवाट नागरिक मैत्री, पारदर्शी, जवाफदेही र गुणस्तरिय प्रहरी सेवा प्रवाहमा हर प्रहर मातहत प्रहरी कर्मचारीहरू तल्लिन रहेको हुनाले उहाँहरूको अविच्छिन्न योगदानको परिणाम स्वरूप नै आजको सफलता प्राप्त भएको व्यहोरा उल्लेख गर्नु भयो । साथै आगामी दिनहरूमा समेत निरन्तर रूपमा यस्तै खालका क्रियाकलाप, सहयोग र लगनशिलता कायम रहोस् भन्दै शुभकामना तथा निर्देशन समेत दिनु भयो ।

उक्त कार्यक्रममा कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक बीर बहादुर ओलीले विदाइ भई जान लाग्नु भएका प्रहरी नायव महानिरीक्षकलाई धन्यवाद सहित आगामी कार्यकालको शुभकामना व्यक्त गर्नु हुँदै उहाँको नेतृत्व क्षमता, कार्यकुशलता, समन्वयकारी भुमिकाको प्रशंसा गर्दै धन्यवाद मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

May be an image of 2 people and text

उक्त कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक राम प्रकाश शाह, नेपाल प्रहरी विशेष सुरक्षा गण कोहलपुर बाँकेका प्रमुख प्रहरी उपरीक्षक राम प्रसाद घर्ती, कार्यालयका प्रहरी उपरीक्षक विनोद शर्मा, जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक बिरेन्द्र बीर बिश्वकर्मा, कर्णाली प्रदेश प्रहरी गण सुर्खेतका निमित्त प्रमुख प्रहरी नायव उपरीक्षक रिपेन्द्र कुमार सिंह, जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरीक्षक राजन पौडेल, कर्णाली प्रदेश प्र

May be an image of 4 people and textहरी विद्यालयका समादेशक लगायत प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिती रहेको थियो ।

May be an image of 5 people and text

May be an image of 6 people and text

May be an image of 5 people, dais and text

May be an image of 6 people, dais and text

May be an image of 2 people and text

२० जेठ २०८१, आइतवार १८:४९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु