लैंगिक हिंसाको न्युनिकरण र बिद्युतीय अपराध सम्बन्धि सचेतना मुलक “समान युग” र “तराजु”को प्रदर्शन कार्यक्रम सम्पन्न
काठमाडौ । घरेलु हिंसा,लैंगिक हिंसाको न्युनिकरण र बिद्युतीय अपराध सम्बन्धि सचेतना मुलक “समान युग” र “तराजु”को प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ।
नेपाल प्रहरी श्रीमती संघको आयोजना तथा जिल्ला प्रहरी परिसर ललितपुरको समन्वयमा ललितपुर जिल्लाको पाटन दरवार स्क्वायर भित्र रहेको भित्री चोक डवलिमा घरेलु हिंसा , लैङ्गिक हिंसाको न्यूनीकरण तथा बिद्युतीय अपराध सम्बन्धी सचेतनामुलक नाटक “समान युग” र ” तराजु” को प्रदर्शन कार्यक्रम नेपाल प्रहरी श्रीमती संघको अध्यक्ष लक्ष्मी कुवँरकाे अध्यक्षतामा सम्पन्न भएको हाे ।
कार्यक्रमका प्रमुख अतिथि ललितपुर महानगरपालिकाका प्रमुख चिरिवाबु महर्जनले प्रदर्शन गरिएका समान युग र तराजु नाटकले समाजमा हुने हिंसा लाई चित्रीत गर्दै उपस्थित सवैमा अत्यन्त राम्रो सन्देश दिएको बताउदै महानगरपालिकाको नीति भित्र घरेलु हिंसा तथा लैङ्गिक हिंसा न्यूनीकरण गर्नु समेत रहेकोले यस्तो कार्यक्रम लाई महानगरपालिकाले आगामी दिनहरुमा पनि सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।
कार्यक्रमका बिशिस्ट अतिथी काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाज्यूले भयावह अबस्थामा रहेको घरेलु हिंसा र बिद्युतीय अपराध न्यूनीकरणका लागी सबै नागरिक सचेत हुनुपर्ने बताउदै प्रहरीले संचालनमा ल्याएको police App मार्फत आफ्ना गुनासा र समस्याहरुको उजुरी गर्न उपस्थित सबैलाई आह्वान गर्नु भएको थियो ।
कार्यक्रमका बिशिस्ट अतिथी प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठले घरेलु हिंसाले परिवारलाई बिखण्डनको अवस्थामा समेत पुर्याउने भएकोले हिंसा न्युनिकरणमा सवैको भुमिका अत्यन्त महत्वपूर्ण हुने हुँदा रचनात्मक रुपमा प्रस्तुत हुन सबैमा अनुरोध गर्नु भएको थियो । अधिबक्ता राधिका खतिवडाज्यूले घरेलु हिंसा र विद्युतीय अपराध सम्बन्धि कानुनी ब्यवस्थाको बारेमा बताउदै हिंसा सहेर नबस्न सबैलाइ अनुरोध गर्नु भएको थियो ।
कार्यक्रमको उद्देश्य र औचित्य माथी प्रकाश पार्दै उपस्थित सम्पुर्णमा महानुभावहरुमा स्वागत गर्दै ललितपुर प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालले घरेलु हिंसा , लैङ्गिक हिंसा विरुद्ध प्रहरीले शुन्य सहनशिलतामा रही काम गरिरहेको हुदा हिंसा बिरुद्द खरो रुपमा उत्रन सम्पुर्ण नागरिकहरुलाई अपिल गर्दै प्रविधिको दुरुपयोगमा जेल सम्म जानू पर्ने कानुनी ब्यवथा रहेको हुँदा उपस्थित विद्यार्थी भाइ बहिनीहरुलाई सचेत समेत गराउनु भएको थियो ।
नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुवँररकाे अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमलाई सम्बोधन गर्दै संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुवँरज्यूले शान्त ,समृद्ध समाजको आधार , घरेलु हिंसा रहित परिवार भन्ने भावनालाई सबैले हृदयङ्गम गर्दै अपराध बिरुद्द आफू पनि जाग्दै अरुलाई पनि जगाउदै अपराध लाई जरै देखि निर्मुल पार्नु पर्ने बताउनु भएको थियो ।
उक्त कार्यक्रममा नेपाल , प्रहरी श्रीमती संघका उपाध्यक्षहरु सल्लाहकारहरु पदाधिकारीज्यूहरु लगायत विभिन्न संघ-संस्थाका पदाधिकारीहरु, सामुदायिक सेवा केन्द्रका पदाधिकारीज्यूहरु बिद्यालयका शिक्षक तथा बिद्यार्थी भाईबहिनीहरु लगायत बिशिष्ट व्यक्तित्वहरु, र पत्रकार स्थानिय गरी जम्मा २५० जनाको सहभगिता रहेको थियाे।
२१ जेठ २०८१, सोमवार ०९:२२ बजे प्रकाशित