लागुऔषध नियन्त्रण तथा शान्ति सुरक्षा सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न

प्रहरी बरिष्ठ उपरीक्षक वसन्त रजौरेकाे प्रमुख आतिथ्यतामा लागुऔषध नियन्त्रण तथा शान्ति सुरक्षा सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न

Nepal Life Insurance Long Ad

काठमाडौ । जिल्ला प्रहरी परिसर, काठमाडौंका कार्यालय प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक वसन्त रजौरेकाे प्रमुख आतिथ्यतामा लागुऔषध नियन्त्रण तथा शान्ति सुरक्षा सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।

समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र, गोंगवुको आयोजनामा गोंगवु आवास क्षेत्रको सभाहलमा सामुदायिक सेवा केन्द्रका अध्यक्ष केदारनाथ पाठककाे सभापतित्वमा उक्त कार्यक्रम भएको हाे ।

उक्त कार्यक्रममा प्रहरी बृत्त, महाराजगंजका प्रहरी नायब उपरीक्षक , काठमाडौं उपत्यका प्रहरी कार्यालय,रानीपोखरी सामुदायिक शाखा प्रमुख प्र.ना.उ., कामनपा वडा नं.३, २६ र टोखा न.पा.वडा नं.९ का वडा अध्यक्ष, बिभिन्न स्कुल, कलेजका प्रिन्सिपल, शिक्षक तथा बिद्यार्थीहरु, बिभिन्न संघ-संस्थाका प्रतिनिधिहरु, सामुदायिक सेवा केन्द्र,गोंगबुका सदस्यहरु सहभागितामा कार्यक्रम सम्पन्न भएको थियोे ।

२१ जेठ २०८१, सोमवार १८:३६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु