Valley view स्कूलका बिद्यार्थीहरूसँग प्रहरी वृत्त नयाँ बानेश्वरका डिएसपी शिवराज बुढाथोकी !

3.81K
shares

काठमाडौ । Valley view स्कूलका बिद्यार्थीहरूलाई प्रहरी वृत्त नयाँबानेश्वरमा भ्रमण गराई प्रहरीसँग एक दिने कार्यक्रम सम्पन्न भएको छ।

२०८१।०२ ।२१ गते सोमवारको दिन समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरी वृत नयाँबानेश्वर, सामुदायिक प्रहरी सेवा केन्द्र बानेश्वर ३१ र मध्यबानेश्वर स्थित Valley view स्कूलको संयुक्त आयोजनामा Valley view स्कूलका कक्षा ८ मा अध्ययनरत बिद्यार्थीहरूलाई प्रहरी वृत्त नयाँबानेश्वर भ्रमण गराई प्रहरीसँग एक दिन कार्यक्रम सम्पन्न गरिएकाे कार्यालय प्रमुख डिएसपी शिवराज बुढाथोकीले बताए ।

प्रहरी वृत्त नयाँबानेश्वरका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले बिद्यार्थीहरूलाई बिभिन्न शाखाहरूको भ्रमण गराएपश्चात त्यहाँबाट सम्पादन हुने काम कारवाहीको बारेमा जानकारी गराई ऊनिहरूका प्रश्न तथा जिज्ञाषाहरूको जवाफ दिनुहुँदै जुनसुकै अपराधिक घटनाहरूको तत्काल प्रहरीलाई सुचना दिन प्रेरित गर्नु भएको थियाे ।

उक्त कार्यक्रममा सिनियर जुनियर प्रहरी अधिकृतहरु, बुद्धिजीवी बर्ग, विद्यार्थीहरु लगाएतकाे उपस्थिति रहेको थियाे ।