एसएसपी शेखर खानालकाे प्रमुख आतिथ्यतामा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न

3.99K
shares

ललितपुर । जिल्ला प्रहरी कार्यालय ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालकाे प्रमुख आतिथ्यतामा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न भएकाे छ।

नेपाल प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखाको  पत्रादेशानुसार जनपद प्रहरीको सहायक निरीक्षक पदबाट जनपद प्रहरी नायव निरीक्षक पदमा पदोन्नति भएका जिल्ला प्रहरी परिसर तथा मातहत प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायव निरीक्षकलाई एसएसपी खनाले दर्ज्यानि चिन्ह द्धारा सुशोभन गर्नु भएको थियाे ।

उक्त कार्यक्रममा प्रहरी उपरीक्षक, प्रहरी नायब उपरीक्षक, निरीक्षक, सिनियर/ जुनियर प्रहरी अधिकृतहरूकाे उपस्थिति रहेको थियाे ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083