याैनदुर्व्यवहार आराेपमा नेपाल प्रहरीका इन्स्पेक्टर पक्राउ

Nepal Life Insurance Long Ad

काठमाडौ । यौनदुर्व्यवहार गरेको आरोपमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) पक्राउ परेका छन् । इन्स्पेक्टर बिदुर सिवाकोटीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको हो ।

प्रहरी वृत्त स्वयम्भूले नावालिगसँग यौनदुर्व्यवहार गरेको आरोपमा इन्स्पेक्टर सिवाकोटीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरी प्रवक्ता डीआईजी दानबहादुर कार्कीले जानकारी दिए ।

घटनाको पुष्टिगर्दै प्रवक्ता कार्कीले भने, ‘बालिकाको गुनासोपछि इन्स्पेक्टर सिवाकोटीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरू भएको छ, घटनाका विषयमा बुझ्ने काम भइरहेको छ ।’

२४ जेठ २०८१, बिहीवार १३:०९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु