अन्तर्राष्ट्रिय सौर्य गठबन्धनसम्बन्धी सम्झौता अनुमोदन

3.54K
shares

काठमाडाैं। अन्तर्राष्ट्रिय सौर्य गठबन्धनसम्बन्धी सम्झौता प्रतिनिधिसभाबाट अनुमोदन भएको छ।

बिहीबार प्रतिनिधिसभा बैठकले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले प्रस्तुत गरेकाे अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए) को स्थापनासँग सम्बन्धित सम्झौतालाई अनुमोदन गरेको हो।

त्यसअघि बैठकमा उक्त सम्झौतामाथि छलफल भएको थियो । छलफलका क्रममा सांसदहरुले सम्झौताका कारण मुलुकलाई हुने लाभका बारेमा जिज्ञासा राखेका थिए।

सांसदहरुको जिज्ञासाको जवाफ दिँदै मन्त्री बस्नेतले ऊर्जाको विकासलाई निर्देशित गर्न र जलवायु परिवर्तन कम गर्न अन्तर्राष्ट्रिय सौर्य गठबन्धनमा सम्झौता भएको जानकारी दिइ। सम्झौमा हस्ताक्षर गर्ने क्रममा प्रयाप्त राष्ट्रिय हितलाई ध्यान दिइएको र मुलुकलाई थप कुनै आर्थिक दायित्व नथपिने उनले बताए।

मन्त्री बस्नेतले सम्झौताकै कारण ऊर्जा उत्पादनमा नेपाललाई कुनै बाधा नपर्ने स्पष्ट पारे। ऊर्जा मिश्रणको अवधारणाबाटै सौर्य ऊर्जाबाट मुलुकलाई सुख्खा याममा आवश्यक पर्ने विधुत पूर्ति गर्न सकिने भन्दै उनले पहिलो प्राथमिकता भने जलविधुत नै रहेको बताए।

त्यस्तै उनले सरकारले जलाशययुक्त जलविधुत आयोजनालाई पनि महत्वका साथ अघि बढाउने सोचमा रहेको जानकारी दिए।


divya collage
unigloble collage