एआईजी दिपक थापाको प्रमुख आतिथ्यतामा ‘दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम’ सम्पन्न

Nepal Life Insurance Long Ad

काठमाण्डौ । काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानिपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न भएको छ ।

जनपद तर्फ प्रहरी हवल्दार पदबाट प्रहरी वरिष्ठ हवल्दार पदमा बढुवा भएका प्रहरी वरिष्ठ हवल्दार रामशरण धिताललाई प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले उपत्यका प्रहरी कार्यालयमा शुक्रबार आयोजित एक समारोहबीच दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नु भएको हो ।

May be an image of 5 people, ambulance and text

दर्ज्यानी चिन्ह सुशोभन पश्चात पदोन्नति भएका प्रहरी वरिष्ठ हवल्दार रामशरण धिताललाई बधाई तथा शुभकामना दिदै प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले सरुवा वढुबा प्रहरी सेवामा प्रवेशदेखी अवकाससम्म प्रहरी कर्मचारीको नियमित प्रकृया भएकाले प्रहरी ऐन तथा नियमावलीमा तोकिए बमोजिम आफ्नो पदिय दायित्व निर्वाह गर्न निर्देशन दिनु भयो ।

सुशोभन कार्यक्रममा प्रहरी बरिष्ठ उपरीक्षकहरू, सिनियर प्रहरी अधिकृतहरू, जुनियर प्रहरी अधिकृतहरु तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

May be an image of ‎4 people, ambulance and ‎text that says '‎पनी न ती ا आंच्त अटन Pn हবाल س छन विशान य नेशाल सोंगतकार 町 भम्मर गुरा م aKo BATAU‎'‎‎

May be an image of 5 people, people studying and text

२५ जेठ २०८१, शुक्रवार १६:४९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु