(सि.प्र.अ.) चौथो समूहको दीक्षान्त समारोह सम्पन्न

प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न

Nepal Life Insurance Long Ad
काठमाडौ ।  राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमूख आतिथ्यतामा “सम्पत्ति शुद्धीकरण, आतङ्ककारी कार्य वा आमविनासका हातहतियार निर्माण वा विस्तारमा वित्तीय लगानी सम्बन्धी अपराध अनुसन्धान तालिम” (सि.प्र.अ.) चौथो समूहको दीक्षान्त समारोह सम्पन्न भएको छ ।
  २०८१/०२/०६ गतेदेखि नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालय, महाराजगञ्जमा सञ्चालित “सम्पत्ति शुद्धीकरण, आतङ्ककारी कार्य वा आमविनासका हातहतियार निर्माण वा विस्तारमा वित्तीय लगानी सम्बन्धी अपराध अनुसन्धान तालिम” (सि.प्र.अ.) चौथो समूहको दीक्षान्त समारोह आज सम्पन्न भएको हो ।
May be an image of 6 people, dais and text
उक्त कार्यक्रममा दीक्षित भई जाने प्रहरी अधिकृतहरूलाई प्रशिक्षणको क्रममा प्राप्त गरेको ज्ञान, सीप र क्षमतालाई कार्यक्षेत्रमा उच्च मनोबलका साथ अक्षरस् पालना गरी नेपाल प्रहरी संगठनको अपराध अनुसन्धान क्षेत्रलाई सदैव प्रयत्नशील राखिरहनुपर्ने कुरामा जोड दिदै प्रमुख अतिथिले शुभकामना सहितको निर्देशन सम्बोधन र प्रमाणपत्र वितरण समेत गर्नुभएको थियो साथै उल्लेखित तालिमका तालिम संयोजक प्रहरी उपरीक्षक श्याम बाबु ओलियाले तालिम सम्बन्धी संक्षिप्त प्रतिवेदन समेत प्रस्तुत गर्नु भएको थियो ।
(तस्वीरमा हेर्नुहोस्)
May be an image of 3 people and text
May be an image of 1 person, dais and text
May be an image of 5 people and text
May be an image of 3 people and text
May be an image of 3 people and text
May be an image of 5 people and text
May be an image of 4 people and text
May be an image of 4 people and text
May be an image of 5 people and text

२५ जेठ २०८१, शुक्रवार १७:०२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु