“दर्ज्यानी चिन्हद्वारा सु-शोभन कार्यक्रम सम्पन्न”
प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न
काठमाडौ । काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलको प्रमुख आतिथ्यतामा “दर्ज्यानी चिन्हद्वारा सु-शोभन कार्यक्रम सम्पन्न” भएको छ ।
प्रहरी बरिष्ठ हवल्दारबाट प्रहरी सहायक निरीक्षक पदमा पदोन्नति भएका चार जना र प्रहरी हवल्दारबाट प्रहरी बरिष्ठ हवल्दार पदमा पदोन्नति भएका तीन जना प्रहरी कर्मचारीहरुलाई डीआईजी पोखरेलले दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नु भएको हो ।
सो अवसरमा बढुवा भएका प्रहरी कर्मचारीहरुलाई कार्यालय प्रमुखले बधाई तथा शुभकामना दिनु भएको थियो ।
उक्त कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठ, सिनियर /जुनियर प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो ।
२५ जेठ २०८१, शुक्रवार १८:३५ बजे प्रकाशित