डीआईजी लालमणि आचार्यको प्रमुख आतिथ्यतामा ‘अन्तरक्रिया तथा तालिम समापन कार्यक्रम’ सम्पन्न

4.13K
shares

भरतपुर । नेपाल प्रहरी शिक्षालय, भरतपुरमा शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक लालमणि आचार्यको प्रमुख आतिथ्यतामा अन्तरक्रिया तथा तालिम समापन कार्यक्रम सम्पन्न भएको छ ।

आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत वार्षिक तालिम क्यालेण्डर अनुसार २०८१/०२/२० गतेदेखि नेपाल प्रहरी शिक्षालय, भरतपुरमा संचालित “हिरासत तथा कारागार सुरक्षा (जु.प्र.अ.) तालिम एघारौँ समूह’’ तालिम आज सम्पन्न भएको हो ।

डीआईजी लालमणि आचार्यको प्रमुख आतिथ्यतामा तालिममा सहभागिहरूसँग अन्तरक्रिया समेत भएको थियो ।

May be an image of 11 people, clarinet and text

उक्त अवसरमा प्रमुख अतिथिले सहभागिहरूबाट आएका जिज्ञासाहरूको सम्बोधन गर्नु भई प्रमाणपत्र वितरण तथा तालिम सफलतापूर्वक सम्पन्न गरेकोमा बधाईका साथै तालिममा सिकेका ज्ञान, सीप र कौशललाई कार्यक्षेत्रमा त्रुटिरहित ढंगबाट कार्य सम्पादन गर्न निर्देशन दिनु भएको थियो ।

साथै तालिम संयोजक प्रहरी नायव उपरीक्षक सुर्य बहादुर थापाले तालिम प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

May be an image of 8 people and text

May be an image of 7 people and text

May be an image of 6 people and text

May be an image of 3 people and text

May be an image of 3 people and text

May be an image of 9 people, clarinet, dais and text


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083