डीआईजी लालमणि आचार्यको प्रमुख आतिथ्यतामा ‘अन्तरक्रिया तथा तालिम समापन कार्यक्रम’ सम्पन्न
हिरासत तथा कारागार सुरक्षा (जु.प्र.अ.) तालिम समापन कार्यक्रम सम्पन्न

भरतपुर । नेपाल प्रहरी शिक्षालय, भरतपुरमा शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक लालमणि आचार्यको प्रमुख आतिथ्यतामा अन्तरक्रिया तथा तालिम समापन कार्यक्रम सम्पन्न भएको छ ।
आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत वार्षिक तालिम क्यालेण्डर अनुसार २०८१/०२/२० गतेदेखि नेपाल प्रहरी शिक्षालय, भरतपुरमा संचालित “हिरासत तथा कारागार सुरक्षा (जु.प्र.अ.) तालिम एघारौँ समूह’’ तालिम आज सम्पन्न भएको हो ।
डीआईजी लालमणि आचार्यको प्रमुख आतिथ्यतामा तालिममा सहभागिहरूसँग अन्तरक्रिया समेत भएको थियो ।
उक्त अवसरमा प्रमुख अतिथिले सहभागिहरूबाट आएका जिज्ञासाहरूको सम्बोधन गर्नु भई प्रमाणपत्र वितरण तथा तालिम सफलतापूर्वक सम्पन्न गरेकोमा बधाईका साथै तालिममा सिकेका ज्ञान, सीप र कौशललाई कार्यक्षेत्रमा त्रुटिरहित ढंगबाट कार्य सम्पादन गर्न निर्देशन दिनु भएको थियो ।
साथै तालिम संयोजक प्रहरी नायव उपरीक्षक सुर्य बहादुर थापाले तालिम प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
२५ जेठ २०८१, शुक्रवार १८:५५ बजे प्रकाशित