डीआईजी चन्द्र कुबेर खापुङकाे प्रमुख आतिथ्यतामा दर्ज्यानी चिन्ह शु-सोभन कार्यक्रम सम्पन्न

बिराटनगर । काेशी प्रदेश कार्यालयका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङकाे प्रमुख आतिथ्यतामा दर्ज्यानी चिन्ह शु-सोभन कार्यक्रम सम्पन्न भएको छ।
प्रहरी सहायक निरीक्षकबाट प्रहरी नायव निरीक्षक र प्रहरी बरिष्ठ हवल्दार देखि प्रहरी सहायक निरीक्षक पदमा पदोन्नति भएका प्रहरी कर्मचारीहरुलाई आज एक कार्यक्रमका बिच प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङले दर्ज्यानी चिन्हद्वारा शु-सोभन गर्नु भएको हाे।
कार्यक्रममा प्रमुख अतिथि खापुङले पदोन्नति भएका प्रहरी कर्मचारीहरुलाई बधाई तथा शुभकामना प्रदान गर्नु हुँदै पदोन्नतिले थप जिम्मेवारी बढेको र आफुलाई दिएको काम कारवाहीलाई उत्कृष्ट ढंगले निर्वाह गर्न समेत निर्देशन दिनु भएको थियो ।
उक्त कार्यक्रममा कार्यालयका प्रहरी बरिष्ठ उपरीक्षक जयराज सापकोटा, प्रहरी उपरीक्षकहरु, प्रहरी नायव उपरीक्षकहरु, प्रहरी निरीक्षकहरु, जुनियर सिनियर प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
२५ जेठ २०८१, शुक्रवार १९:४५ बजे प्रकाशित