दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न

4.76K
shares

काठमाडौ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न भएको छ ।

जनपद समूहतर्फका प्रहरी वरिष्‍ठ हवल्दार पदबाट प्रहरी सहायक निरीक्षक पदमा पदोन्नति भएका प्रहरी सहायक निरीक्षक गोरख बहादुर रोकायलाई प्रतिष्ठानका कार्यकारी निर्देशक सुदिप गिरीले दर्ज्यानी चिन्हद्वारा आज सुशोभित गर्नु भएको हो ।

May be an image of 6 people and text
सुशोभन कार्यक्रममा प्रतिष्ठानका निर्देशक प्रहरी नायब महानिरीक्षक राजन अधिकारी, प्रहरी बरिष्ठ उपरीक्षकहरू, प्रहरी उपरीक्षकहरू सिनियर प्रहरी अधिकृतहरू, जुनियर प्रहरी अधिकृतहरु तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

 


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083