प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरेको प्रमुख आतिथ्यतामा ‘दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम’ सम्पन्न

काठमाडौ । जिल्ला प्रहरी परिसर, काठमाडौका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरेको प्रमुख आतिथ्यतामा ‘दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम’ सम्पन्न भएको छ ।
जनपद प्रहरी समूहतर्फका प्रहरी वरिष्ठ हवल्दार पदबाट प्रहरी सहायक निरीक्षक र प्रहरी हवल्दार पदबाट प्रहरी वरिष्ठ हवल्दार पदमा बढुवा भएका प्रहरी कर्मचारीहरुलाई एसएसपी रजौरेले दर्ज्यानि चिन्हद्धारा सुशोभन गरी बधाई, शुभकामना तथा निर्देशन दिनु भयो ।
सुशोभन कार्यक्रममा प्रहरी उपरीक्षक नबराज अधिकारी, प्रहरी नायब उपरीक्षक, सिनियर प्रहरी अधिकृतहरू, जुनियर प्रहरी अधिकृतहरु तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
२७ जेठ २०८१, आइतवार १८:३९ बजे प्रकाशित