रौतहट प्रहरीद्वारा ३० दिनमा ४१ फरार प्रतिवादी पक्राउ

5.06K
shares

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक (एसपी)  दिलीप घिमिरेको सक्रियतामा प्रहरीले मात्र ३० दिनभित्र ४१ जना फरार प्रतिवादीलाई पक्राउ गर्न सफल भएको छ ।

फैसला कार्वान्यन अन्तर्गत अदालतबाट कैद तथा जरिबाना सजाय रोकिएर फरार रहेका ४१ जना प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय तथा मातहतका युनिटहरुले पक्राउ गरेको हो । गत जेठ १ गतेदेखि ३० गतेसम्म पक्राउ परेका सबैजना फैसला कार्वान्यनको लागी जिल्ला अदालत गौरमा बुझाईएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छिन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटमा नयाँ एसपिको रुपमा दिलीप घिमिरेले कमाण्ड सम्हाले देखि एउटा छुट्टै अभियान सञ्चालन गरेर फरार प्रतिवादीलाई पक्राउ गरी कारबाही तथा फैसला कार्वान्यन गराउन तिब्रता दिइएको छ।

त्यसैगरी एस्पी घिमिरेको सक्रियताले जिल्लामा आपराधिक क्रियाकलापमा कमी आउनुका साथै संस्थागत तस्करी समेत नियन्त्रण भएको स्थानीयहरूले बताएका छन्।


divya collage
unigloble collage