डिआईजी खापुङद्वारा एसएसपी जयराज सापकोटालाई आगामी कार्यकालको शुभकामना सहित विदाई
वि.सं.२०८१ जेठ ३१ बिहीवार १९:१३
5.01K
shares
shares

बिराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) चन्द्र कुबेर खापुङको प्रमुख आतिथ्यतामा ‘बिदाई तथा फेरी भेटौला कार्यक्रम’ सम्पन्न भएको छ ।

कोशी प्रहरी प्रदेश प्रहरी कार्यालयबाट नेपाल प्रहरी प्रदेश कार्यालय धरान, सुनसरी सरुवा भएका प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटालाई एक कार्यक्रमको आयोजनाबिच प्रदेश प्रमुख डिआईजी चन्द्र कुबेर खापुङले आगामी कार्यकालको शुभकामना सहित मायाको चिनो प्रदान गरी बिदाई गर्नु भएको हो ।

कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालयका सिनियर प्रहरी अधिकृतहरु तथा जुनियर प्रहरी अधिकृतहरु लगायत प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।



































