एकेडेमिक काउन्सिल अफ वासिङ्टन डिजिटल यूनिभर्सिटीद्धारा कलाकार खतिवडा सम्मानित

मानार्थ विद्यावारिधीको उपाधी ग्रहण गरेर अमेरिकाबाट फर्किए अभिनेता खतिवडा !

Nepal Life Insurance Long Ad

काठमाडौं । अभिनेता सञ्जय खतिवडाले मानार्थ विद्यावारिधी (अनररी डक्टरेट) को उपाधि प्राप्त गरेका छन् । अमेरिकाको सियाटलस्थित एकेडेमिक काउन्सिल अफ वासिङ्टन डिजिटल यूनिभर्सिटीले कलाकार खतिवडालाई उक्त सम्मानले विभूषित गरेको हो ।

गत साता अमेरिका सियाटलमा आयोजित एक विशेष समारोहमा मानार्थ विद्यावारिधीको प्रमाणपत्र तथा पदक ग्रहण गरेर कलाकार खतिवडा बुधवार स्वदेश फर्किएका छन् । यो समारोहमा सहभागिता जनाउन उनी अघिल्लो सातामात्रै अमेरिका गएका थिए । कलाकार खतिवडाले ‘फिल्म एण्ड आर्ट्स’ विषयमा मानार्थ विद्यावारिधीको उपाधि प्राप्त गरेको बताए ।

कलाकार खतिवडाले यो उपाधिबाट सम्मानित भएको जानकारी सामाजिक सञ्जालमार्फत गराएका थिए । उनले पाएको उपलब्धिप्रति अहिले नेपाली फिल्म क्षेत्रका विभिन्न व्यक्तिहरुले उनलाई वधाइ ज्ञापन गरिरहेका छन् ।

अमेरिकाबाट उक्त सम्मान ग्रहण गरेर स्वदेश फर्किएपछि कलाकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै कलाकार खतिवडाले यो नेपाली कलाकारिता क्षेत्रका लागि मात्रै होइन, समग्र देशकै लागि खुशीको खबर भएको बताए ।

कलाकार खतिवडाले यो उपाधिबाट सम्मानित भएको जानकारी सामाजिक सञ्जालमार्फत गराएका थिए । उनले पाएको

उपलब्धीप्रति अहिले नेपाली फिल्म क्षेत्रका विभिन्न व्यक्तिहरुले उनलाई वधाइ ज्ञापन गरिरहेका छन् ।

अमेरिकाबाट उक्त सम्मान ग्रहण गरेर स्वदेश फर्किएपछि कलाकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै कलाकार खतिवडाले यो नेपाली कलाकारिता क्षेत्रका लागि मात्रै होइन, समग्र देशकै लागि खुशीको खबर भएको बताए ।

 

 

३१ जेठ २०८१, बिहीवार २२:३० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु