(सि.प्र.अ./जु.प्र.अ.) अनुशिक्षण प्रथम समूह” को तालिम सम्पन्न
प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न

काठमाडौ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा दीक्षान्त समारोह कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालय, महाराजगंजमा २०८१/०२/२८ गते देखि सञ्चालित “सम्पत्ति शुद्धीकरण, आतङ्ककारी कार्य वा आमविनासका हातहतियार निर्माण वा विस्तारमा वित्तीय लगानी सम्बन्धी अपराध अनुसन्धान (सि.प्र.अ./जु.प्र.अ.) अनुशिक्षण प्रथम समूह” को तालिम आज सम्पन्न भएको हो ।
प्रमूख आतिथीले उक्त कार्यक्रममा दीक्षित भई जाने प्रहरी अधिकृतहरूलाई प्रशिक्षणको क्रममा प्राप्त गरेको ज्ञान, सीप र क्षमतालाई कार्यक्षेत्रमा उच्च मनोबलका साथ अक्षरक्ष पालना गरी नेपाल प्रहरी संगठनको अपराध अनुसन्धान क्षेत्रलाई सदैव प्रयत्नशील राखिरहनु पर्ने कुरामा जोड दिनु भयो ।
प्रमुख अतिथिले शुभकामना सहितको निर्देशन सम्बोधन र प्रमाणपत्र वितरण समेत गर्नु भएको थियो भने तालिम संयोजक प्रहरी उपरीक्षक श्याम बाबु ओलियाद्वारा तालिम सम्बन्धी संक्षिप्त प्रतिवेदन प्रस्तुत भएको थियो ।
कार्यक्रममा प्रहरी नायब महानिरीक्षक राजन अधिकारी, प्रहरी बरिष्ठ उपरीक्षकहरू, प्रहरी उपरीक्षकहरू सिनियर प्रहरी अधिकृतहरू, जुनियर प्रहरी अधिकृतहरु तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
३१ जेठ २०८१, बिहीवार २२:५२ बजे प्रकाशित