‘दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम’ सम्पन्न
वि.सं.२०८१ असार ४ मंगलवार १९:५७
4.97K
shares
shares

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटका कार्यालय प्रमुख प्रहरी उपरीक्षक दिलिप घिमिरेको प्रमुख आतिथ्यतामा ‘दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम’ सम्पन्न भएको छ ।
प्रहरी जवान पदबाट प्रहरी सहायक हवल्दार पदमा बढुवा भएका प्रहरी सहायक हवल्दार, साथै प्रहरी सहायक हवल्दारलाई एसपी घिमिरेले राैतहट प्रहरी कार्यालयमा मंगलबार आयोजित एक समारोहबीच दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हाे।
साथै बढुवा भएका प्रहरी कर्मचारीहरुलाई एसपी घिमिरेले दर्ज्यानि चिन्हद्धारा सुशोभन गरी बधाई, शुभकामना तथा निर्देशन दिनु भयो ।
सुशोभन कार्यक्रममा प्रहरी नायब उपरीक्षक एलिजा गिरी, निरीक्षक, सिनियर प्रहरी अधिकृतहरू, जुनियर प्रहरी अधिकृतहरु तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।































