एसएसपी दिनेश राज मैनालीको प्रमुख आतिथ्यतामा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न
वि.सं.२०८१ असार ४ मंगलवार १८:२७
shares

काठमाण्डौ । प्रहरी बरिष्ठ उपरीक्षक दिनेश राज मैनालीको प्रमुख आतिथ्यतामा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न भएको छ।
प्रहरी जवान पदबाट प्रहरी सहायक हवल्दार पदमा बढुवा भएका प्रहरी सहायक हवल्दार विपिन सुनार र प्रहरी सहायक हवल्दार गंगाराम गीदेल मगरलाई एसएसपी दिनेश राज मैनालीले काठमाण्डौ उपत्यका प्रहरी कार्यालयमा मंगलबार आयोजित एक समारोहबीच दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हाे।

दर्ज्यानी चिन्ह सुशोभन पश्चात पदोन्नति भएका प्रहरी कर्मचारीलाई बधाई तथा शुभकामना दिदै सरुवा वढुबा प्रहरी सेवामा प्रवेशदेखी अवकाससम्म प्रहरी कर्मचारीको नियमित प्रकृया भएकाले प्रहरी ऐन तथा नियमावलीमा तोकिए बमोजिम आफ्नो पदिय दायित्व निर्वाह गर्न निर्देशन दिनुभयो ।
सुशोभन कार्यक्रममा प्रहरी उपरीक्षकहरू, सिनियर प्रहरी अधिकृतहरू, जुनियर प्रहरी अधिकृतहरु तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
















