नीलकण्ठ विकास पत्रकारिता पुरस्कारबाट पत्रकार सिलवाल पुरस्कृत

2.89K
shares

काठमाडौ । पत्रकार नारायण सिलवाल नीलकण्ठ विकास पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् ।

नगरपालिकाले यस आर्थिक वर्षदेखि सुरु गरेको ‘नीलकण्ठ नगर विकास पत्रकारिता पुरस्कार’ धादिङपोष्ट डटकमका प्रधानसम्पादक एव राष्ट्रिय फोटो पत्रकार समूह नेपाल बागमती प्रदेशका अध्यक्ष सिलवाललाई प्रदान गरेको हो।

शनिबार नगरपालिकाको दोश्रो नगरसभाको पाँचौ अधिवेशनको अवसरमा सिलवाललाई नगरप्रमुख भिम प्रसाद ढुंगाना र उपप्रमुख दिपक विश्वकर्माले नगद २० हजार ८१ रुपैयाँसहित सम्मानपत्र प्रदान गर्नुभयो ।

२०६३ सालमा आँखु सन्देशबाट पत्रकारिता सुरु गर्नुभएका सिद्धलेक गाउँपालिका वडा नं १ का सिलवालले २०६४–०६९ सम्म जनमुक्तिमार्ग साप्ताहिक, २०६५–०६७ गोरखापत्र, २०६६–०७३ रेडियो बिहानी र २०७३ देखि धादिङपोष्टमा कार्यरत हुनुहुन्छ ।

नगरपालिकाले यस आर्थिक वर्षदेखि उक्त पुरस्कार प्रदान गर्न सुरु गरेको हो ।यो पुरस्कार नेपाल पत्रकार महासंघ संगको सहकार्यमा हरेक वर्ष एक जनालाई प्रदान गरिने नगरप्रमुख ढुंगानाले बताउनु भयो ।

यस्तै आज सम्पन्न नगरसभाले हरेक वडाबाट कम्तिमा २ जनालाई पत्रकारिता तालिम दिई स्थानिय पत्रकारिताको गुणस्तर वृद्धि गर्न पत्रकार महासंघसँग सहकार्य गरिने जनाएको छ भने सञ्चारकर्मीको क्षमता बृद्धिको लागि भन्दै १० लाख बजेट बिनियोजन पनि गरेको छ ।