स्वागत तथा बिदाई कार्यक्रम सम्पन्न
वि.सं.२०८१ असार ६ बिहीवार २०:४६
3.33K
shares
shares

कास्की । जिल्ला प्रहरी कार्यालय कास्कीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक मोहन कुमार थापाको प्रमुख आतिथ्यतामा स्वागत तथा बिदाई कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल प्रहरी सेवामा २०५१/०५/१० गते प्रहरी जवान पदमा भर्ना भई अनवरत रुपमा ३० वर्ष सेवा प्रदान गरी प्रहरी निरीक्षक पदमा अनिवार्य अवकास भएका पुर्व प्रहरी निरीक्षक भट्टेराम गुरुङलाई मायाको चिनो सहित बिदाई कार्यक्रम सम्पन्न गरिएको हो।
साथै उक्त कार्यालयमा सरुवा भई आउनु भएका प्रहरी निरीक्षकद्वय सरला ढकाल र किरण थापा मगरलाई प्रमुख प्रहरी उपरीक्षक मोहन कुमार थापाले स्वागत गर्नु भएको थियो ।



















