नेपाल रेडक्रस सोसाइटी सिन्धुली जिल्ला शाखाद्वारा जिल्ला प्रहरी कार्यालय सिन्धुलीलाई सम्मान

7.42K
shares

सिन्धुली । नेपाल रेडक्रस सोसाइटी सिन्धुली जिल्ला शाखाद्वारा जिल्ला प्रहरी कार्यालय सिन्धुलीलाई सम्मान गरेको छ ।

मानवीय सेवाको माध्यमबाट समाजमा सकारात्मक रुपान्तरणका लागि सिन्धुली जिल्लाका नागरिकहरुलाई रगत आवश्यक परेका बेला निस्शुल्क सहजै उपलब्ध गराउन नेपाल रेडक्रस सोसाइटी सिन्धुली शाखाद्वारा सञ्चालित अक्षयकोष स्थापना र सञ्चालन अभियानमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीले पुर्याएको योगदान स्वरुप सम्मान गरेको  हो ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सिन्धुलीले सिन्धुली जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक गोबिन्द राज काफ्ले मार्फत जिल्ला प्रहरी कार्यालय सिन्धुलीलाई सम्मान पत्र सहित सम्मान गरिएको थियो।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083