मधेस प्रदेशमा प्रदेश स्तरीय ट्राफिक सप्ताह २०८१ को शुभारम्भ

ट्राफिक सप्ताह प्रभातफेरी कार्यक्रम - २०८१

Nepal Life Insurance Long Ad

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहको प्रमुख आतिथ्यतामा तथा मधेश प्रदेशका गृह, संचार तथा कानूनमन्त्री विमला अंसारीको अध्यक्षतामा प्रदेश स्तरीय ट्राफिक सप्ताह २०८१ को शुभारम्भ भएको छ ।

धनुषा जिल्ला जनकपुर उपमहानगर ८ नम्बर वडा रामानन्दचोक स्थितमा “सडक अनुशासन पालना तथा सवारी दुर्घट्ना न्यूनीकरणका लागी ट्राफिक जनचेतनामुलक कार्यक्रम २०८१ (ट्राफिक सप्ताह) प्रभातफेरी कार्यक्रम” मधेश प्रदेश गृह सञ्चार तथा कानून मन्त्रालयको आयोजना तथा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधाम, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बारा, जिल्ला प्रहरी कार्यालय धनुषा र जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाको सहकार्य तथा समन्वयमा उक्त कार्यक्रम भएको हो ।

May be an image of 9 people and text

प्रमुख आतिथि मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहद्धारा दिप प्रज्वलन गरी समुद्घाटन सम्पन्न भएको कार्यक्रममा मधेश प्रदेशका उद्योग वाणिज्य तथा पर्यटनमन्त्री युवराज भट्टराई, जनकपुर उ.म.न.पा.का मेयर मनोज कुमार साह, मधेश प्रदेशका गृह संचार तथा कानुन मन्त्रालयका सचिव विरेन्द्र कुमार यादव, जिल्ला प्रशासन कार्यालय धनुषाका प्रमुख जिल्ला अधिकारी रामु राज कडरीया, मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक यज्ञ विनोद पोखरेल, सशस्त्र प्रहरी बल नेपाल नं.२ क्षिन्नमस्ता बाहिनी मुख्यालय बर्दिबास, महोत्तरीका सशस्त्त प्रहरी नायब महानिरीक्षक काली प्रसाद धवजीको उपस्थीति रहेको थियो ।

May be an image of 9 people

May be an image of 8 people, road and text

त्यसै गरी राष्ट्रिय अनुसन्धान मधेश प्रदेश कार्यालय जनकपुरका प्रमुख अनुसन्धान निर्देशक सञ्जय कुमार यादव, मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रहरी बरिष्ठ उपरीक्षक मनोज कुमार यादव, नेपाल प्रहरी प्रदेश कार्यालय बिरगन्ज, पर्सा (हाल जनकपुर) का प्र.ब.उ. सुरेन्द्र बहादुर गुरुङ, जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारी, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया, बाराका प्रहरी उपरीषक भिम किरण बोगटी, मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रहरी उपरीक्षक सुबास चन्द्र बोहरा, नेपाल प्रहरी, ट्राफिक प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, नगर प्रहरी लगायत विभिन्न शिक्षण संस्थाका छात्र तथा छात्राहरुको उपस्थीती रहेको थियो ।

May be an image of 6 people and text

May be an image of 5 people and text

May be an image of 10 people and text

May be an image of 10 people and text

May be an image of 10 people and text

May be an image of 10 people, violin, flute, dais and text

May be an image of one or more people and text

७ असार २०८१, शुक्रवार १८:३७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु