एसएसपी हिमालय कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा तालिम समापन कार्यक्रम सम्पन्न

2.77K
shares

बुटवल । लुम्बीनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलका प्रमुख समादेशक प्रहरी वरिष्ठ उपरीक्षक हिमालय कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा तालिम समापन कार्यक्रम सम्पन्न भएको छ ।

May be an image of 7 people, people studying and text

नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागको आयोजनामा २०८१/०३/०४ गते देखी ०७ गतेसम्म लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा संचालित ०४ कार्यदिन अवधिको गैर-आवासीय “सम्पत्ति शुद्धिकरण, आतंककारी कार्य तथा आमविनासका हातहतियार निर्माण वा विस्तारमा वित्तिय लगानी सम्बन्धी अपराध अनुसन्धान (सि.प्र.अ../जु.प्र.अ.) अनुशिक्षण” तालिम आज सम्पन्न भएको हो ।

May be an image of 4 people and text

समादेशकद्धारा प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरणका साथै निर्देशन समेत दिनु भएको थियो । उक्त कार्यक्रममा अनुशिक्षण तालिमका संयोजक प्रहरी नायव उपरीक्षक दान बहादुर थापाले तालिम सम्बन्धी संक्षिप्‍त प्रतिवेदन पेश गर्नु भएको थियो ।

कार्यक्रममा प्रहरी उपरीक्षकहरू, प्रहरी नायब उपरीक्षकहरू सिनियर प्रहरी अधिकृतहरू, जुनियर प्रहरी अधिकृतहरु तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

May be an image of one or more people, people studying and text

May be an image of 2 people