लागू औषध दुर्व्यसन र अवैध कारोबार विरूद्ध सचेतना र्याली कार्यक्रम सम्पन्न
वि.सं.२०८१ असार १२ बुधवार १२:५७
shares

काठमाडौ । समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत काठमाडौ महानगरपालिका ३१ नम्बर वडामा लागू औषध दुरूपयोग तथा ओसारपसार बिरूद्धको अन्तर्राष्ट्रिय दिवस २६ जुन २०२४ को अवसरमा प्रभात फेरी कार्यक्रम सम्पन्न भएको छ ।
लागू औषधको उत्पादन, सञ्चय, ओसारपसार, बिक्रि बितरण तथा सेवन गर्नु अपराध हो र त्यस्ता गैर कानुनी गतिबिधिमा आफू पनि नलाग्न र अरुलाई पनि लाग्न नदिन समयमै सचेत गराउने उद्देश्यले कामपा. ३१ वडा कार्यालय, प्रहरी वृत्त नयाँबानेश्वर, सामुदायिक विकास तथा सेवा समिति एवम् सामुदायिक प्रहरी सेवा केन्द्र बानेश्वर ३१, नेपाल देशभक्त युवा शक्ति केन्द्र साथै वडा एरियाका शैक्षिक एवं सामाजिक संघ संस्थाहरूद्धारा संयुक्त रुपमा लागू औषध दुर्व्यसन र अवैध कारोबार विरूद्ध सचेतना र्याली सम्पन्न भएको हो ।

उक्त र्याली कार्यक्रम कामपा. ३१ वडा कार्यालय शान्तिनगर बाट सुरुभई शान्तिनगर गेट, सानो खरीबोट, ॐ शान्ति चोक, नोगेन्द्र कान्छा चोक, कारेश्वर मन्दिर, बाबुराम आचार्य मार्ग, सुकुम्बासी बस्ती हुँदै बानेश्वर बहुमुखी क्याम्पसमा आई नेरिक एकेडेमिका बिद्यार्थीहरूद्धारा प्रस्तुत गरिएको लागू औषध दुर्व्यसन विरूद्धको सन्देशमूलक सडक नाटक पश्चात प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकी र वडा अध्यक्षले क्रमश आफ्नो मन्तव्य राख्नु भएको थियो ।
मन्तब्यका क्रममा उहाँहरूले स्थानिय सरकार, समुदाय, प्रहरी, सामाजिक संघ संस्था र बिद्यालयको समग्र प्रयासले मात्रै लागू औषध दुरूपयोग, अबैध कारोबार र अपराधिक गतिबिधी रोक्न सकिने र समाजमा शान्ति सुव्यबस्था कायम हुने बताउनु भयो ।

काठमाडौ महानगरपालिका ३१ वडाका वडा अध्यक्ष सरोज ढकाल लगाएत जनप्रतिनिधिहरू, प्रहरी वृत्त नयाँबानेश्वरका कार्यालय प्रमुख डीएसपी शिवराज बुढाथोकी, सामुदायिक विकास तथा सेवा समितिका पदाधिकारीहरू, शैक्षिक एवं सामाजिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरू, स्थानिय, स्वयम् सेवक, कलाकार, पत्रकार र बिद्यार्थीहरूको बृहत उपस्थिति रहेको थियो ।
































