निमित्त प्रहरी महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा “प्रभातफेरी, अन्तक्रिया तथा प्रशिक्षण कार्यक्रम”
वि.सं.२०८१ असार १२ बुधवार १३:१८
2.89K
shares
shares

भक्तपुर । उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख तथा निमित्त प्रहरी महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा “प्रभातफेरी, अन्तक्रिया तथा प्रशिक्षण कार्यक्रम” सम्पन्न भएको छ ।
समुदाय प्रहरी साझेदारी अवधारणा अन्तर्गत पारिजात बचत तथा ऋण सहकारी संस्था लि. र सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र, कटुञ्जे भक्तपुरको संयुक्त आयोजनामा उक्त कार्यक्रम भएको हो ।

अन्तर्राष्ट्रिय लागूऔषध विरुद्धको दिवश (June 26, 2024) को अवसरमा लागूऔषध नियन्त्रण सम्बन्धी प्रभातफेरी, अन्तक्रिया तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको थियो ।
































