आन्तरिक तथा बाह्य प्रशिक्षक अभिमुखीकरण एवं भ्रमण कार्यक्रमको समुद्घाटन
वि.सं.२०८१ असार २७ बिहीवार १३:५२
shares

पोखरा । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको आयोजनामा २०८१ असार २६ गतेदेखि २०८१ असार २८ गतेसम्म कुटी रिसोर्ट एण्ड स्पा (Kuti Resort and Spa) पोखरा, कास्कीमा सञ्चालन हुने आन्तरिक तथा बाह्य प्रशिक्षक अभिमुखीकरण एवं भ्रमण कार्यक्रम राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सुदिप गिरीको प्रमुख आतिथ्यतामा समुद्घाटन कार्यक्रम भएको छ ।
उक्त कार्यक्रममा प्रमुखले आन्तरिक तथा बाह्य प्रशिक्षक नै समय सापेक्ष प्रहरी जनशक्ति उत्पादनको आधार भएको कुरा व्यक्त गर्दै प्रशिक्षणको महत्वलाई मनन गर्न सम्पूर्ण प्रशिक्षकहरुलाई निर्देशन दिनु भयो ।

त्यसै गरी नेपाल प्रहरीको तालिम सञ्चालन कार्यादेश, २०७९ लगायत विभिन्न प्रशिक्षण मापदण्डहरुलाई पालना गर्नु, व्यावसायिक र उद्देश्यमूलक तवरबाट तालिम सञ्चालन गर्नु नेपाल प्रहरीका सबै प्रशिक्षण प्रदायक संस्थाहरुको मुख्य प्राथमिकता हुनुपर्ने कुरामा जोड दिनु भयो । उक्त कार्यक्रममा डिएसपी कौशल बुढाथोकीले स्वागत मन्तव्य तथा कार्यक्रम सम्बन्धी संक्षिप्त जानकारी प्रस्तुत गर्नु भएको थियो ।
उक्त कार्यक्रममा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका निर्देशक प्रहरी नायब महानिरीक्षक राजन अधिकारी,गण्डकी प्रदेश प्रहरी प्रमुख दुर्गा सिंह प्रहरी बरिष्ठ उपरीक्षक, प्रहरी उपरीक्षक, सिनियर/ जुनियर प्रहरी अधिकृतहरु लगाएतको उपस्थीती रहेको थियो ।

































