एआईजी दिपक थापाको प्रमुख आतिथ्यतामा ‘दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम’ सम्पन्न

3.93K
shares

काठमाण्डौ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दिपक थापाको प्रमुख आतिथ्यतामा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न भएको छ । काठमाण्डौं उपत्यका प्रहरी कार्यालयमा आज आयोजित कार्यक्रमकाबीच दर्ज्यानी चिन्हद्धारा सुशोभन कार्यक्रम सम्पन्न भएको हो ।

गृह मन्त्रालय, (सचिवस्तर) को २०८१/०३/२८ गतेको निर्णयले २०८१/०४/०१ गतेदेखि लागु हुने गरी प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम १२९ को उपनियम (२ क) को खण्ड (क) बमोजिम प्रहरी बरिष्ठ नायव निरीक्षक पदबाट प्रहरी निरीक्षक पदमा राजु भण्डारी र तेज बहादुर बस्नेत, त्यसै गरी प्रहरी नायव निरीक्षक पदबाट नारायण बाबु भट्ट प्रहरी निरीक्षकमा बढुवा भएका हुन्।

May be an image of 4 people and text

सुशोभन समारोहलाई सम्बोधन गर्दै एआईजी थापाले पदोन्नति भएका प्रहरी अधिकृतहरूले पदोन्नतिसँगै काँधमा थपिएको जिम्मेवारी अनुरुप पदीय मर्यादा रहने गरी राज्यले खटाएको स्थानमा कटिवद्ध रुपमा कार्य गर्न निर्देशन दिनुभयो ।

कार्यक्रममा प्रहरी नायव महानिरिक्षक कृष्ण हरि शर्मा पोख्रेल , सिनियर प्रहरी अधिकृतहरू तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

May be an image of 8 people and text


Mitsubishi Long Ad