प्रचण्ड, माधव, विप्लव लगायतका नेताहरूको भेला आलोकनगरमा

Nepal Life Insurance Long Ad

काठमाडौँ । नयाँ सरकार गठन भएसँगै समाजवादी मोर्चाका नेताहरू छलफलमा जुटेका छन् ।

आगामी दिनमा मिलेर जानेबारे साझा धारणा बनाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, नेकपाका महासचिव विप्लव, नेसपा अध्यक्ष महिन्द्र राय यादवसहितका नेताहरू छलफलमा जुटेका हुन् ।

एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा जारी बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा समीक्षा हुने जनाइएको छ ।

प्रचण्ड नेतृत्वको सरकार शुक्रबार ढलेर ओलीको नेतृत्वमा आइतबार नयाँ गठन भएको थियो ।

१ साउन २०८१, मंगलवार १६:४६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु