पाँच महिनामै तानिए एसपी बोहरा, शाही पठाइए

3.17K
shares

काठमाडौं ।  जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) अपिल राज बोहरा पाँच महिनामै तानिएका छन्। एसपी बोहरा कर्णाली ट्राफिक कार्यालय सुर्खेतमा सरूवा भएका हुन्।

पाँच महिनामै तानिएका एसपी बोहराले कांग्रेस र एमालेका कार्यकर्तालाई अनाहकमा दुःख दिने गरेको आरोप लाग्दै आएको थियो।

एसपी बोहरा पूर्वगृहमन्त्री रवि लामिछानेका स्वकिय सचिव दिपक बोहरा निकट मानिन्छन्। उनै दिपकको निर्देशनमा काम गर्दै आइरहेको कांग्रेस र एमालेका कार्यकर्ताको आरोप छ।

अब उनको स्थानमा प्रहरी उपरीक्षक विरेन्द्र बहादुर शाहीको सरुवा भएको छ। उनी यसअघि अख्तियार दुरुपयोग अनुसन्धानमा आयोग र जिल्ला प्रहरी कार्यालय बर्दियामा काम गरिसकेका अफिसर हुन्।

त्यसैगरी एसपी रमेश थापाको अन्वेषण योजना निर्देशनालय, हरीहरनाथ योगीको उदयपुर र राम प्रकाश शाहको सुरक्षा परिषदमा सरुवा भएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083