मुलुकभर दैनिक ९७ सडक दुर्घटना, दिनहुँ ७ जनाको मृत्यु : नेपाल प्रहरी

एक दिनमा औसत ८८ जना घाइते

Nepal Life Insurance Long Ad

काठमाडौँ । मुलुकभर दैनिक ९७ वटा सडक दुर्घटना हुने गरेको छ । प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार सडक दुर्घटनामा एक दिनमा औसत ८८ जना घाइते हुन्छन् । सडक दुर्घटनामा दिनहुँ ७ जनाको मृत्यु हुने प्रहरी प्रवक्ता (डीआईजी) दानबहादुर कार्कीले जानकारी दिए ।

२०८० साउनयता ३५ हजार ४ सय ४ वटा सड्क दुर्घटना भएको छ । सो दुर्घटनामा परेर २ हजार ३६९ जनाको मृत्यु भएको छ । गएको आर्थिक वर्षमा दुर्घटनाबाट ६ हजार १६० जना गम्भीर घाइते भएका थिए । आइतबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा डीआईजी कार्कीले भने–‘दुर्घटनामा घाइते भएका परिवारले ठुलो धनराशि गुमाउनु परेको र पीडा झेल्नुपरेको अवस्था छ ।’

दुर्घटनाबाट १ सय १ वटा पशु चौपायाले ज्यान गुमाएका छन् । मोटरसाइकल सबैभन्दा धेरै दुर्घटनामा पर्ने गरेका छन् । गएको आर्थिक वर्षमा भएको दुर्घटना मध्येमा करिब ५७ प्रतिशत मोटरसाइकल दुर्घटना भएका छन् । गत साउनयता १९ हजार ९ सय ८४ वटा मोटरसाइकल दुर्घटना भएको डीआईजी कार्कीले बताए ।

सो अवधिमा २ हजार १९३ बस, ६ हजार ८३७ कार तथा जिप र १ हजार ४८६ ट्रक तथा ट्याङ्कर दुर्घटना भए । ४ सय ६६ वटा टिपर दुर्घटनामा भएको प्रहरी प्रधान कार्यालयको तथ्याङ्कबाट देखिएको छ । सो अवधिमा १५ सय २० वटा साइकल र रिक्सा दुर्घटना भए ।

६ साउन २०८१, आइतवार १८:२० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु