विशेष अदालतमा बयान दिँदै निलम्बित मुख्यसचिव अर्याल
वि.सं.२०८१ साउन १३ आइतवार १४:००
2.8K
shares
shares

काठमाडौँ । निलम्बित मुख्यसचिव वैकुण्ठ अर्याल विशेष अदालत उपस्थित भएका छन्। भ्रष्टाचार मुद्दामा बयान दिन उनी विशेष अदालत पुगेका हुन् । उनको बयान भइरहेको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले बताए।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवरसहितको इजलासमा बयान चलिरहेको छ। बयान सकिएपछि उनी आजै धरौटीमा छुट्ने छन्।
अर्यालमाथि अन्तशुल्क स्टिकर छाप्न सुरक्षण मुद्रण केन्द्रलाई ठेक्का दिँदा भ्रष्टाचार गरेको मुद्दा दायर भएको थियो। भ्रष्टाचार मुद्दा दायर भएपछि उनलाई राष्ट्रिय योजना आयोगमा विशेष पद स्थापना गरी सरुवा गरिएको थियो ।






























