प्रहरीका १४ जना असई सईमा बढुवा

2.7K
shares

काठमाडौं । नेपाल प्रहरीका १३ जना प्रहरी सहायक निरीक्षक (असई) नायव निरीक्षक (सई) मा बढुवा भएका छन् । प्रहरी महानिरीक्षकको सोमबारको निर्णय अनुसार प्राविधिक प्रहरी समूहका १३ जना प्रहरी सहायक निरीक्षक (असई) लाई नायव निरीक्षक (सई) मा बढुवा गरिएको हो ।

साथै उनीहरुको पदस्थापन पनि गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनीहरुलाई प्रचलित नियमानुसार तलव, भत्ता तथा राशन समेत हाल पदस्थापन भएको दरवन्दीबाट पाउने गरी पदस्थापन गरिएको बताइएको छ ।

साथै आवश्यक कारवाही गर्न गराउन एवं दर्ज्यानी चिन्हद्वारा सुशोभन गराउन हुन समेत सम्बन्धित कार्यालयहरुलाई निर्देशन दिइएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083