“अप्रेशनल कमाण्ड तथा व्यवस्थापन” (प्र.उ/प्र.ना.उ) तालिम १५ औं समूहको Panel Discussion कार्यक्रम सम्पन्न
वि.सं.२०८१ साउन १६ बुधवार १९:२३
3.43K
shares
shares

काठमाडौ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान संचालित “अप्रेशनल कमाण्ड तथा व्यवस्थापन” (OCM Level-III) प्रहरी उपरीक्षक /प्रहरी नायब उपरीक्षक १५ औं समूहको तालिम Panel Discussion कार्यक्रम सम्पन्न भएको छ ।

नेतृत्वसिप, परिचालन, प्रशासन तथा व्यवस्थापनका विभिन्न आयामहरूमा छलफल तथा अनुभव आदान प्रदान गर्न आयोजित उक्त कार्यक्रममा पूर्व सचिव जय मुकुन्द खनाल, पूर्व महानिरीक्षक प्रकाश अर्याल, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सुदिप गिरी, नेपाली सेनाका पूर्व उपरथी जगदिश चन्द्र पोखरेल Panelist को रूपमा उपस्थित हुनु भएको थियो ।
Panel Discussion on leadership and Management issues बिषयक कार्यक्रममा ५ जना प्रहरी उपरिक्षक र १९ जना प्रहरी नायव उपरिक्षक प्रशिक्षार्थीको रूपमा सहभागी भएका थिए ।
































