‘जनचेतनामुलक पाठ्य सामाग्री २०८१ हस्तान्तरण एवं सम्झौता कार्यक्रम’ सम्पन्न
काठमाडौ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका कार्यालय प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक (एआईजी) दिपक थापाको प्रमुख आतिथ्यतामा ‘जनचेतनामुलक पाठ्य सामाग्री २०८१ हस्तान्तरण एवं सम्झौता कार्यक्रम’ सम्पन्न भएको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंबाट जनचेतनामूलक पाठ्यसामाग्री तयार गरी तारकेश्वर नगरपालिका र जिल्ला प्रहरी परिसर काठमाडौंको साझेदारीमा तारकेश्वर नगरपालिका भित्रका सम्पूर्ण सार्वजानिक नीजि तथा संस्थागत विद्यालय प्रधानाध्यपकहरुसँग अनिवार्य पठन पाठन हुने गरी जनचेतनामूलक पाठ्यसामाग्री हस्तान्तरण तथा सम्झौता कार्यक्रम तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनको अध्यक्षतामा भएको हो ।
विद्यालय स्तरका बाल – बालिकालाई लागू औषध दुर्व्यसनी, साईवर अपराध, विद्यालय स्तरमा हुने यौन हिंसा तथा यौन जन्य अपराध, सवारी दुर्घटना, चोरी लगायत बिभिन्न समाजिक विकृति विसंगतिबाट बचाउन एवं विद्यालयमा शिक्षक वर्ग मार्फत विद्यार्थी एवं अभिभावकहरुलाई सचेतना अभिवृद्दी गरि अपराध न्यूनिकरण एवं नियन्त्रण गर्ने प्रमुख लक्ष्यका साथ उक्त कार्यक्रम सम्पनन भएको हो ।
कार्यक्रममा तारकेश्वर नगरपालिकाको उपप्रमुख सिर्जना बुर्लाकोटी, जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरे, प्रहरी उपरीक्षक नबराज अधिकारी विद्यालयका प्रधानाध्यापकहरु, स्थानिय जनप्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।
१६ साउन २०८१, बुधवार १९:०५ बजे प्रकाशित