एआईजी दिपक थापाद्धारा जिल्ला प्रहरी परिसर, काठमाडौंको निरीक्षण तथा अवलोकन

6.79K
shares

काठमाडौ । काठमाडौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका कार्यालय प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक (एआईजी) दिपक थापाले जिल्ला प्रहरी परिसर, काठमाडौंको निरीक्षण तथा अवलोकन गर्नु भएको छ ।

निरीक्षणको क्रममा सम्पूर्ण शाखाहरु, हिरासत कक्ष, व्यारेक लगायतको निरीक्षण गर्दै प्रहरी परिसर, काठमाडौंमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारी तथा मातहत प्रहरी वृत्तर प्रभाग प्रमुखहरुलाई हालको विद्यमान सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै थप प्रभावकारी ढंगबाट सुरक्षा व्यवस्था मिलाउने, राज्यद्वारा निर्दिष्ट कानूनी मूल्य र मान्यतालाई आत्मसाथ गर्दै अपराध रहित समाज निर्माणमा जोड दिन निर्देशन दिनु भयो ।

May be an image of 4 people and text

साथै एआईजी थापाले हाल देशका विभिन्न स्थानहरुमा मनसुनको प्रभावले आई परिरहेको विपदजन्य घटनाको विश्लेशण गरी तत्काल उद्दार तथा राहत बितरण कार्यको लागि २४ सैं घण्टा प्रहरी कर्मचारीलाई आवश्यक उद्दार सामाग्री सहित तयारी अवस्थामा राख्ने, भेदभाव रहित ड्यूटी अह्रन खटनको व्यवस्था गर्नु पर्ने बताए ।

May be an image of 6 people and text

कार्यालयबाट प्रवाह हुने सेवालाई स्वच्छ, निस्पक्ष र पीडित मैत्री बनाउने, सेवाग्राहीसँग सभ्य र शिष्ट व्यवहार गर्ने, मानव अधिकारको संरक्षण र प्रवर्धन गर्दै प्रहरी काम कारवाहीलाई अगाडि बढाउने लगायत समसामयिक विषयहरुमा आवश्यक निर्देशन समेत दिनु भयो ।

कार्यक्रममा काठमाडौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत प्रहरी नायब महानिरीक्षक (डिआईजी) हरीकृष्ण शर्मा, जिल्ला प्रहरी परिसरका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) बसन्त रजौरे, प्रहरी उपरीक्षक नबराज अधिकारी, मातहत प्रहरी वृत्त/ प्रभाग प्रमुखहरु सिनियर जुनियर प्रहरी कर्मचारीहरुको उपस्थीति रहेको थियो ।

May be an image of 12 people

May be an image of 5 people and text

May be an image of 5 people and text

May be an image of 6 people and text

May be an image of 6 people, dais and text

May be an image of 3 people and text

May be an image of 7 people and text

 


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083