CCTV Networking and Video Management System (VMS) तालिम सम्पन्न
रानीपोखरीका प्रहरी नायव महानिरिक्षक कृष्ण हरि शर्मा पोख्रेलको प्रमुख आतिथ्यतामा सम्पन्न

काठमाण्डौ । काठमाण्डौ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रहरी नायव महानिरिक्षक कृष्ण हरि शर्मा पोख्रेलको प्रमुख आतिथ्यतामा Basic Installation and Operation Orientation Training for CCTV Networking and Video Management System (VMS) तालिम सम्पन्न भएको छ ।

काठमाण्डौ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रहरी नायव महानिरिक्षक कृष्ण हरि शर्मा पोख्रेलद्वारा Basic Installation and Operation Orientation Training for CCTV Networking and VMS तालिम आज विहिबार काठमाण्डौ उपत्यका प्रहरी कार्यालय,रानीपोखरीको सभहलमा समापन गर्नु भएको हो ।
तालिम समापन कार्यक्रमलाई सम्बन्धोन गर्दै डीआईजी कृष्ण हरि शर्मा पोख्रेलले ‘सुरक्षित काठमाण्डौ उपत्यका; हाम्रो प्रतिवद्धता’ अभियानलाई सार्थक बनाउन सात दिनसम्म सञ्चालन भएको यस तालिमबाट हासिल गरेका ज्ञान र सीपले प्रहरी कार्य थप सहज हुने तथा नेपाल प्रहरी संगठनलाई नै महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्दै उहाँले पीडितलाई न्याय र पीडकलाई सजायँ दिलाउने पुनित कार्यमा अहोरात्र खटिने प्रहरी प्रविधिमैत्री हुनु पर्ने आजको आवश्यकता भएको बताउनु भयो ।

Artificial Intelligence मा आधारित Automatic Number Plate Recognition Camera (ANPR) र Face Recognition Camera (FRC) हरुले अपराध नियन्त्रण तथा अनुसन्धानमा सदैव सफलतातर्फ डोर्याउने हुनाले प्रशिक्षार्थीहरुले तालिममा सिकेका ज्ञान र सीपलाई अधिकतम रुपमा व्यवहारमा समेत प्रयोग गर्न निर्देशन दिनु भयो ।
कार्यक्रममा प्रहरी बरिष्ठ उपरीक्षकहरू, प्रहरी उपरीक्षकहरू, Dahua Techgnology HQ, का पदाधिकारीहरू प्रहरी नायव उपरीक्षक लगायतको उपस्थिति रहेको थियो ।
१७ साउन २०८१, बिहीवार १६:५१ बजे प्रकाशित